१२ वटा आंगिक क्याम्पसमा त्रिविले स्ववियु निर्वाचन नगर्ने

तु खबर संवाददाता
२०८० बैशाख ८,शुक्रबार १५:२९
file-photo

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउन नसकिने जनाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले अब बाँकी कलेजमा निर्वाचन गराउन नसकिने जानकारी दिए ।

उपत्यकाका ४ सहित १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । जसमा नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस र विश्वभाषा क्याम्पस रहेका छन् ।

त्यस्तै, उपत्यकाबाहिरका ८ वटा आंगिक क्याम्पसमा समेत निर्वाचन हुन सकेको छैन । उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा निर्वाचन हुन नसकेको हो ।

चैत्र ५ गते तोकिएको निर्वाचनमा विद्यार्थी संगठनहरुकै अवरोधका कतिपय क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन सकेको थिएन । तीमध्ये केही क्याम्पसमा विभिन्न मितिमा निर्वाचन भएको थियो ।