सेनाले माग्यो ४५०० जनशक्तिका लागि आवेदन

तु खबर संवाददाता
२०८० बैशाख ८, शुक्रबार ०९:०७
file-photo

काठमाडौं । नेपाली सेनाले चार हजार ५०० जनशक्तिका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै सेनाले विभिन्न रिक्त पदका लागि जेठ ७ गतेभित्र आवेदन दिन सकिने उल्लेख गरेको छ ।

दोब्बर दस्तुर तिरेर भने १४ जेठसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । सेनाले खुलातर्फ दुई हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि आवेदन मागेको हो ।