१०८ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०८० बैशाख ६, बुधबार १६:३१
filr-photo

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २ हजार ४५० को नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै ३८६ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ६६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार, संस्थागत आइसोलेसनमा २१, आइसीयुमा ७ तथा भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ ।