बुधबार शेयर बजारमा हरियाली, ८७ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा सामान्य अंकको सुधार आएको छ । नयाँ वर्ष २०८० साल सुरु भएसँगै लगातार गिरावट आएको नेप्से परिसूचक आज सामान्य अंकले १५ बढेर १९२० को विन्दुमा पुगेको रोकिएको हो ।
आज शेयर बजारमा जम्मा ८७ करोड २१ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ । नेप्सेमा सूचीकृत २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता शेयर किनबेच हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड उपसूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक आज विकास बैंक उपसूचक १.२७ प्रतिशतले बढ्न पुगेको छ ।
