प्रतिनिधि सभाको अर्को बैठक बैशाख १२ गते बस्ने
काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक यही बैशाख १२ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको छ ।
आज बसेको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेश्रो संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
सो विधेयकमाथि प्रतिनिधि सभा नियमावली २०७९ को नियम ११२ बमोजिम ७२ घण्टाभित्र विधेयक शाखामा संशोधनको सूचना दर्ता गर्न सकिनेछ ।
