प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०८० बैशाख ६, बुधबार ०९:१०
file-photo

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।