प्रदेश सभा सचिवालयमा विधेयक दर्ता
मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा आज एउटा विधेयक दर्ता भएको छ ।
दर्ता हुने विधेयकमा प्रदेश सभा सचिवालयमा प्रदेशस्तरको चिठ्ठाको व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा बनेको विधेयक २०८० रहेको सो सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार, सचिवालयमा आज दर्ता गरिएको सो विधेयक आगामी वर्षे अधिवेशनको बैठकबाट पारित गर्न प्रक्रिया अघि बढाइसकिएको छ ।
