समाचार

विदेश पठाइदिन्छु भनेर ६६ लाख ठगी, २ जना पक्राउ

काठमाडौं । इटाली, दक्षिण कोरिया लगायतका देशमा पठाइदिन्छु भनेर ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रिनलिफ इन्टरनेशनल कन्सलट्यान्सी र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एण्ड एक्सपिडिसनका सञ्चालक २८ वर्षका सुधन कुमार शाही र म्यानेजिङ डिरेक्टर अनिल श्रेष्ठ रहेका छन्...

हेटौंडा रनको उपाधि उमेश गोङ्बालाई

मकवानपुर । हेटौंडा रनको उपाधि उमेश गोङ्बाले जितेका छन् । दौडमा प्रतियोगितामा निर्धारित ५ किलोमिटरको दुरी २० मिनेट ४ सेकेन्डमा पूरा गर्दै गोङ्बा च्याम्पियन भएका हुन् । उनले उपाधिसँगै नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।त्यस्तै, २० मिनेट १० सेकेन्डमा दुरी पार गरेका सञ्जिब मिजार द्वितीय भए भने...

मकवानपुरका लामा र स्याङ्तान पक्राउ

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभारबाट गाडी र सवारी साधनको पाटपुर्जाहरु पनि चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका– २ का २८ वर्षीय अशोक लामा र थाहा नगरपालिका–१२ का २३ वर्षीय किरण स्याङतान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, गत...

निमावि तहको ११६७ शिक्षकका लागि ७५ हजारको आवेदन

काठमाडौं । शिक्षक सेवा आयोगले माग गरेको निम्न माध्यमिक तहको १ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको छ । आयोगका अनुसार, सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको छ । नेपाली विषयको ९१ पदका लागि २४ हजार १६४ आवेदन परेको छ । यस्तै, अंग्रेजी विषयको १५३...

सशस्त्रका सहायक हवल्दारले चलाए आफैंमाथि गोली

दाङ । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–८, टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार साढे राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार, गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु...

जीप दुर्घटना हुँदा चालकको मृत्यु, सात घाइते

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सात यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार, दुलेगौडाबाट पिउरी दोभानतर्फ...

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको संसद सचिवालयले जनाएको छ । यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।

उप–निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृती प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १० गते हुने उप–निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृती प्रदान गरेका छन् ।राष्ट्रपतिले सुरक्षा परिषद्को सिफारिस र प्रधानमन्त्रीको पत्रको आधारमा सेना परिचालन गर्न स्वीकृती प्रदान गरेका छन् । उप–निर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ सेना परिचालनसम्बन्धी...

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके । बाँके प्रहरीले लेनदेन मुद्दाको फरार प्रतिवादी एक जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्तीसोनारी गादछपालिका वडा नम्वर ८ बस्ने ५५ वर्षीय जित बहादुर बुढाथोकी रहेका छन् । जिल्ला अदालत बाँकेको २०७९ चैत २७ गतेको फैसलाले लेनदेन मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका...

बैशाखमा तीन कम्पनीले आइपीओ निष्काशन गर्ने

काठमाडौं । बैशाखमा तीन कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । बैशाख महिनामै सिटी होटल, मेन्छियाम र माई खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको हो । मेन्छियाम हाइड्रोपावरले बैशाख ४ गते सोमबारदेखि आइपीओ निष्काशन गदैछ । कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६...