हेटौंडा रनको उपाधि उमेश गोङ्बालाई

तु खबर संवाददाता
२०८० बैशाख ४, सोमबार ०९:१६

मकवानपुर । हेटौंडा रनको उपाधि उमेश गोङ्बाले जितेका छन् । दौडमा प्रतियोगितामा निर्धारित ५ किलोमिटरको दुरी २० मिनेट ४ सेकेन्डमा पूरा गर्दै गोङ्बा च्याम्पियन भएका हुन् ।

उनले उपाधिसँगै नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।त्यस्तै, २० मिनेट १० सेकेन्डमा दुरी पार गरेका सञ्जिब मिजार द्वितीय भए भने २० मिनेट १८ सेकेन्डमा दूरी पार गरेका सनिस लामा तृतीय भएका छन् ।

द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार रुपैयाँ र २० हजार रुपैयाा प्राप्त गरेका छन् । सान्त्वना भएका सुमन आले मगर र निशान श्रेष्ठलाई १०–१० हजार रुपैयाँ प्राप्त गरे ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले पुरस्कार वितरण गरेका थिए । हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको दौड प्रतियोगितामा ५६ जनाको सहभागिता रहेको थियो ।