प्रधानमन्त्री प्रचण्ड आज मकवानपुर आउँदै

तु खबर संवाददाता
२०८० बैशाख ५, मंगलवार ०९:००
फाइल फोटो

हेटौंडा । नेपाल सरकारका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार मकवानपुर आउँदै छन् ।

उनी निर्माणाधीन काठमाडौँ–तराई मधेश दु्रतमार्गको स्थलगत अवलोकनका लागि मंगलबार मकवानपुर आउन लागेका हुन् ।

प्रचण्ड विहान ११ बजे बकैया गाउँपालिका वडा नम्वर–५ आइपुग्ने र सो क्षेत्रस्थित दु्रतमार्गको अवलोकन गर्ने नेकपा माओवादी केन्द्र मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले प्रधानमन्त्रीको स्थलगत अवलोकनलाई व्यवस्थित बनाउन आफु पनि बकैया जाने तयारी गरिरहेको बताए ।