नौ महिनामा १४ अर्ब नाफा विदेशियो
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा करिब रु साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो ।
विभागले यस अवधिमा रोयल्टीबापत रु दुई अर्ब ११ करोड छ हजार छ सय ३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ ।
विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्र रकम विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।
