गौरवका योजनाहरु छिटो सम्पन्न गर्ने गरी नीतिगत निर्णय गर्न सांसदको माग
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरूको काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा पेश गरिएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदन २०७९ माथिको छलफलमा भाग लिँदै उनीहरुले उक्त निर्णय गर्न माग गरेका हुन् ।
राष्ट्रिय सभाका सांसदहरू अनिता देवकोटा, रामचन्द्र राई, सोनाम ग्याल्जेन शर्पालगायतले राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय लिन सरकारलाई दवाव दिएका हुन् ।
