संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे छलफल

तु खबर संवाददाता
२०८१ असार ७,बिहीबार ०९:३४

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलन र उनीहरूको मागबारे सभामुख निवासमा छलफल भएको छ ।

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच सो बारे छलफल भएको हो ।

कर्मचारी आन्दोलनबारे यसअघि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग छलफल गरेका थिए ।

संसदमा महत्त्वपूर्ण छलफल भइरहेका बेला कर्मचारीले गरेको असहयोगलाई सभामुखले गम्भीरताका साथ लिएका छन् ।

सेवा सुविधाको मागसहित केही समययता संसद् सचिवालयका कर्मचारीहरू आन्दोलनरत छन् ।