करेन्टले लियो शिक्षकको ज्यान
तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ ।
करेन्ट लागेर बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार, पार्वती आधारभूत विद्यालयमा भर्खरै नियुक्त भएका शिक्षक रोकाया विद्यालयबाट फर्किँदै गर्दा कोलडाँडामा लत्रिएको लाइनको तारमा मोटरसाइकल छोइएर करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए । घाइते उनको आज पोखरामा उपचारका क्रममा ज्यान गएको हो ।
करेन्ट लागेर घाइते भएका मोटरसाइकल चालक मध्यनेपाल नगरपालिका–७ करापुरटार बस्ने ५० वर्षीय तीर्थ घिमिरेको भने पोखरामा उपचार भइरहेको छ ।
