ल्यापटप चोरेको आरोपमा एक किशोर पक्राउ
बुटवल । बुटवलमा सोमवार ल्यापटप चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–१३ लालीगुँरास पथका एक स्थानीयको कोठामा पसेर ल्यापटप सहितको सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षीय शुक्र परियार रहेको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार, परियारले घरमा कोही नभएको मौका छोपी ल्यापटप, मोबाइल र २ थान स्पिकर चोरी गरिरहेका बेला पक्राउ गरेका थिए ।
पक्राउ परेका परियारलाई चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको बुटवल प्रहरीले जनाएको छ ।
