आजबाट मेन्छियाम हाइड्रोपावरको आईपीओ खुल्यो

तु खबर संवाददाता
२०८० बैशाख ४, सोमबार १०:२४

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आज (बैशाख ४ गते) देखि आईपीओ खुल्ला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी सकेपछि सर्वसाधारणको लागिआईपीओ खुल्ला गरेको हो ।

कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याउने भएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि रित पुर्वक आवेदन प्राप्त ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै वितरण भएको छ ।

जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री गरीसकेको छ ।

यस्तै, २ प्रतिशत अर्थात २२ हजार ४३९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गरेको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।