समाचार
शेयर बजारमा झिनो अंकको सुधार
काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । लगातार गिरावट आएको शेयर बजारमा आज ८ अंकले बढेर १८७४ को विन्दुमा कायम हुन पुगेको हो । शेयर बजारमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने सन्तोषजनक देखिएको छैन । नेप्सेमा सूचीकृत २६२ कम्पनीको...
एसईई दिने नक्कली परीक्षार्थी पक्राउ
विराटनगर । मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ परेका छन् । बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं.५ की २८ वर्षीय सुस्मिता लिम्बू रहेको जिल्ला प्रहरी...
कार्यव्यवस्था समितिमा २१ सदस्य रहने
काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा २१ जना सदस्य रहने भएका छन् । प्रतिनिधि सभाको बैठकको कार्यसूची निर्धारण गर्ने समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरुको प्रतिनिधित्व हुनेछ । सांसदहरुको प्रतिनिधित्व दलीय आधारमा हुनेछ । जसको संख्या बुधबार किटान गरिएको छ । बुधबार...
ट्याक्टरले किचेर युवकको मृत्यु
बागलुङ । बागलुङमा ट्याक्टरले किचेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्याक्टरले किचेर पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको हो । बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध १ त ६०९ नंको ट्याक्टर...
नेकपा माओवादीको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक आजै अपराह्न ४ बजे बस्ने भएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको छ । बैठकमा पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल हुने माओवादी नेताहरूले बताएका छन् ।
उप–निर्वाचन : उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन
काठमाडौं । आगामी बैशाख १० गते हुने उप–निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज छानबिन हुँदैछ । निर्वाचन आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीको छानबिन गरी आजै साँझ अन्तिम निर्णय गरिने आयोगले जनाएको छ । उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत्र २३...
सरकारको साझा न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गर्ने तयारी
काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गर्ने भएको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएको थियो । यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ । कांग्रेसका रमेश लेखक, माओवादीका...
हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु
काठमाडौं । सिक्किमा हिमपहिरो जाँदा तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको सिक्किम सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम...
शेखर–गगन समूहद्वारा आफू पक्षीय सांसदको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला, गगन थापा समूहले आफू पक्षीय सांसदको बैठक आह्वान गरेको छ । पार्टीभित्र मन्त्रालय भागबण्डामा विमति जनाएर मन्त्रीको नाम नपठाएको उक्त समूहले आज सांसदहरुसँग छलफल गर्न लागेको बैठक आह्वान गरेको हो । दिउँसो सांसदहरुसँग छलफलको लागि बैठक आह्वान गरिएको भएपनि समय र स्थान तय...
रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइ आज हुँदैछ । मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भए पनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि आज बिहान १० बजेका लागि न्यायाधीश सिन्हारहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ...










