सगरमाथामा तीन जना आरोही बेपत्ता

तु खबर संवाददाता
२०७९ चैत्र २९,बुधबार १७:१९
file-photo

काठमाडौं । सगरमाथामा तीन जना शेर्पा आरोही बेपत्ता भएका छन् । उनीहरु बुधबार बिहान साढे ९ बजेदेखि हराइरहेको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए ।

हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बिचमा बेपत्ता भएका हुन् ।

अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको छ । उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ ।

अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने तथा अत्यावश्यक सामान लैजाने काम जारी छ । ती शेर्पा आरोही आफ्नो कम्पनीका व्यावसायिक आरोहीको सामान ओसारपसारमा खटिएका थिए ।