सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको मृत्यु

काठमाडौं । सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । लेक लागेर शनिबार साँझ रुसी नागरिकको मृत्यु भएको हो । राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका उनको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा पुग्दा अचानक लेक लागेर मृत्यु भएको हो । उनको शव अल्टिच्युड एयरको हेलिकोप्टरद्वारा त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।