ढाकाकुमार श्रेष्ठबारे निर्णय लिन रास्वपाको बैठक जारी

तु खबर संवाददाता
२०७९ चैत्र २९, बुधबार १७:५१
file-photo

काठमाडौं । सांसद ढाकाकुमार श्रेष्ठको २ करोड घुस मागेका अडियो प्रकरणबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक हाल जारी छ ।

पार्टी कार्यालयमा जारी बैठकले छानबिन प्रतिवेदनका आधारमा निर्णय गर्ने बुझिएको छ । यसअघि पार्टीको अनुशासन आयोगले श्रेष्ठसँग बयान लिएर प्रतिवेदन बनाएको थियो ।

उक्त प्रतिवेदनका आधारमा सांसद श्रेष्ठलाई कारबाही गर्ने नगर्ने निर्णय गर्ने बुझिएको छ । श्रेष्ठले केही महिनाअघि आफू स्वास्थ्य मन्त्री बन्ने पक्का भएको तर, पार्टीलाई दुई करोड रुपैयाँ दिनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो ।

बैठकमा श्रेष्ठ समेत सहभागी रहेका छन् । उनलाई यसअघि पार्टीले छानबिन नहुँदासम्म सांसदको हैसियतमा कुनै काम नगर्न पार्टीले निर्देशन दिइसकेको छ ।