ए डिभिजन लिग अन्तरग आज दुई खेल हुँदै
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ । लिगको आठौं चरण अन्तर्गत बिहीबार अन्तिम दुई खेल हुने भएको हो ।
आज एक खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक खेल हुने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः४५ बजे सुरु हुनेछ । जसमा चर्च ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
