उद्योग वाणिज्य महासंघ : मतपत्रमा विवाद आएपछि मतगणना स्थगित
काठमाडौं । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको मतगणना स्थगित भएको छ । मत पत्र सदर वा बदर भन्ने विषयमा विवाद बढेपछि मतगणना स्थगित गरिएको हो ।
अहिलेसम्म १२ सय मत गणना भइसकेको छ । १२ सय मत गन्दा रामचन्द्र संघईले ४५२ मत र अन्जान श्रेष्ठले ४१७ मत ल्याएर संघईलाई पछ्याउँदा उमेशलाल श्रेष्ठले ३१७ मत प्राप्त गरेका छन् ।
अहिले वरिष्ठ उपाध्यक्षमा खसेको एसोसिएटतर्फको मतगणना भइरहेको छ । एसोसिएटतर्फ कुल १६४९ मत खसेको छ ।
