अवैध अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र २८, मंगलवार १८:३०
file-photo

काठमाडौं । अवैध अमेरिकी डलरसहित प्रहरीले सोमबार साँझ ९ जना नेपालीलाई पक्राउ गरेको छ । सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको त्रिअबि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोयसिया र रोमानिया जाने तयारीमा थिए । अर्का एक जना भने ती आठ जनालाई पठाउन विमानस्थल पुगेका थिए ।

प्रहरीले उनीहरूको साथबाट ८ हजार ४०४ अमेरिकी डलर र ९१६ युरो बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार उक्त रकम दुबई हुँदै क्रोयसिया, रोमानियाजस्ता मुलुकहरूमा पुर्‍याउने गरिएको छ ।

मंगलबार पनि त्रिअबि प्रहरीले २० हजार अमेरिक डलरसहित दुई जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।