थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ चैत्र २८, मंगलवार १६:३५
filr-photo

काठमाडौं । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् । यसअघि सोमबार २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज १०६ जना कोरोना संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या ५५० पुगेको छ ।