अवैध लागूऔषधसहित २ जना पक्राउ
सप्तरी । सप्तरीको खडक नगरपालिका वडा नम्वर ४ पंसेरा टोलबाट अवैध लागूऔषध गाँजासहिच प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी लागूऔषध गाँजा २०० ग्रामसहित २ जनालाई सोमबार बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ बर्षी शंकर प्रसाद चौधरी र २० वर्षीय सुरज पासवान रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार, चौधरीले सञ्चालन गरेको बोईलर कुखुरा फर्म जाँच गर्दा लुकाईछिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
