बागमती प्रदेश सरकार विस्तारः नवनियुक्त मन्त्रीहरुले लिए सपथ

तु खबर संवाददाता
२०७९ चैत्र २६, आईतवार १९:४९

मकवानपुर । बागमती प्रदेश सरकार आइतबार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेको तर्फबाट बहादुर सिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामालाई खानेपानी उर्जा तथा सिचाईमन्त्री नियुक्त गरेका हुन् ।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै पद तथा गापनियताको सपथ गराएका छन् ।

यससँगै बागमतीमा मुख्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिमण्डल पुर्नगठन भएको छ ।