समाचार

हेटौंडाका दुई युवक प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानी चोकबाट प्रहरीले बिहीबार राति लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही स्थानका अटो चालक २२ बर्षीय सुशील थोकर र अटोमा सवार २३ वर्षीय सुमन गोले रहेका छन् । उनीहरुलाई लागूऔषध गाँजा २ किलोसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।...

देशभर १४२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १४२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमण पुष्टि भएको हो । सो अवधिमा आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको नमुना परीक्षण गरिएको थियो...

एसईईमा सुरक्षार्थ खटेका असईको मृत्यु

जनकपुरधाम । महोत्तरीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा खटेका एक असईको मृत्यु भएको छ । मृत्यु हुनेमा असई ललन कुमार राय पटेल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बलवा नगरपालिका वडा नं. १० धमौरा माविमा सुरक्षार्थ खटिएका पटेलको अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्यामा खराबी देखिएपछि...

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार १२ जना नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी...

तनहुँ–१ र बारा–२ को उप–निर्वाचनका लागि २६ दल दर्ता

काठमाडौं । तनहुँ–१ र बारा–२ मा हुने प्रतिनिधि सभा सदस्य उप–निर्वाचनका लागि २६ दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले उप–निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत्र ८ देखि १२ सम्मका लागि तोकिएको समयसिमा उक्त दल दर्ता भएको जानकारी गराएको हो । यस्तै,...

प्रश्नपत्र बाहिरिएपछि केन्द्राध्यक्षसहित ५ जना निलम्बित

बारा । आजबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रश्नपत्र बाहिरिएको विषयमा बारामा केन्द्रध्यक्षसहित ५ जना निलम्बित भएका छन् । जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित ४ जनालाई निलम्बन गरिएको हो । प्रमुख जिल्ला अधिकारीको...

मकवानपुरमा अटो दुर्घटना, पाँच जना घाइते

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८ शान्तिपुरस्थित आज दिउँसो अटो दुर्घटना हुँँदा पाँच जना घाइते भएका छन् । दिउँसो १२ः५० बजेको समयमा फापरबारीबाट पाथिभारातर्फ बास बोकी जाँदै गरेको ना.२ ह.१०६८ नम्वरको अटो दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी...

खानेपानी मन्त्री अब्दुल खानले दिए पदबाट राजीनामा

काठमाडौं । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा बुझाएका छन् । मन्त्री खानले शुक्रबार पदबाट राजीनामा दिएका हुन् । मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्षा गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले पदबाट राजीनामा दिएका जनमत पार्टीले जनाएको छ । जनमत पार्टी मन्त्रालय बाँडफाँटमा उद्योग मन्त्रालय...

प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद् विस्तार, कस्को भागमा कुन मन्त्रालय ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिमण्डल पुनर्गठन र विस्तार गरेका हुन् । गत पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले शुक्रबार मन्त्रीपरिषद् विस्तार गरेपनि पूर्णता भने दिन सकेनन् । प्रचण्ड नेतृत्वको सरकारमा २ जना उपप्रधानमन्त्री बनेका छन् ।...

रमेश खरेलले बारा–२ बाट उप–निर्वाचन लड्ने

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजीपी रमेश खरेल बारा २ को उप–निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । खरेलले बैशाख १० मा हुने उप–निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका हुन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बारा २ मा रास्वपाबाट निर्वाचन लड्ने घोषणा गरेका हुन् । खरेलले राष्ट्र सेवामा ईमान्दारी...