समाचार

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशको पहाडी भू–भागमा...

धनुषाबाट पक्राउ परे मकवानपुरका दोङ्ग

धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्वर ७ लक्ष्मिनिया चोकबाट शुक्रबार दिउँसो प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय सन्तबहादुर दोङ्ग रहेको जिल्ला प्रहरी कार्या धनुषाले जनाएको छ । प्रहरीका अनुसार, उनलाई प्रहरी चौकी लक्ष्मीनियाबाट खटिएको...

सभामुख घिमिरे र तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरे र तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शनिबार भेटवार्ता भएको हो । छलफलमा सभामुखसहित प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।...

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत...

मुकुन्द न्यौपानेले छाडे एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ नेता न्यौपानेले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको, अवसरवादमा लिप्त भएको उनको आरोप छ । सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ...

पुडासैनी मैत्री समाज मकवानपुरको अध्यक्षमा बालकृष्ण पुडासैनी

मकवानपुर । पुडासैनी मैत्री समाज मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण पुडासैनी चयन भएका छन् । समाजको शनिवार हेटौंडामा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष बालकृष्णको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा दिपक पुडासैनी, उपाध्यक्षमा यतिन्द्र पुडासैनी, महासचिवमा प्रल्हाद पुडासैनी, सचिवमा बलराम पुडासैनी, सह–सचिवमा कृष्णकला पुडासैनी...

गौरीटारमा विषादीरहित तरकारी खेतिसम्बन्धी तालिमको समापन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ तल्लो गौरीटारमा रहेको नमूना आईपिएम कृषक पाठशालामा भएको १६ हप्ते विषादीरहित तरकारी खेतिसम्बन्धी तालिमको समापन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको तालिमको शनिबार समापन गरिएको हो । हेटौंडा–६ का अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् पाठशालाकी अध्यक्ष शोभा खतिवडाको सभाध्यक्षतामा भएको...

नेपाली नागरिकता लिने तिब्बती महिला प्रहरीको फन्दामा

काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीया निमा ल्हामो गुरुङ रहेकी छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएकी थिइन् । उनलाई बौद्धबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, २ वर्षअघि तिब्बतबाट भारतको हुँदै...

मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा समिति गठन

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन गरेको छ । शुक्रबार मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो । समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् । साथै गृह मन्त्रालयका उपसचिव दिलकुमार...

५ घरमा आगलागी हुँदा १७ लाखभन्दा बढीको क्षति

रौतहट । रौतहटको राजपुर नगरपालिका ९ बैरिया गाउँमा शुक्रवार अपराह्न ५ वटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । स्थानीय रुपनरायन साह कानुको घरबाट सुरु भएको आगलागीबाट गणेश साह कानु, उधो साह कानु, महेन्द्र साह कानु, राजेन्द्र साह कानुको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।...