धनुषाबाट पक्राउ परे मकवानपुरका दोङ्ग

तु खबर संवाददाता
२०७९ चैत्र २५, शनिबार १७:२२
सांकेतिक तस्बिर

धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्वर ७ लक्ष्मिनिया चोकबाट शुक्रबार दिउँसो प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय सन्तबहादुर दोङ्ग रहेको जिल्ला प्रहरी कार्या धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार, उनलाई प्रहरी चौकी लक्ष्मीनियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ ख ४२५१ नम्बरको ट्रक जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक दाङ्गलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।