समाचार

मकवानपुरको एक घरमा आगोलागी, ६ लाख ७५ हजारको क्षति

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ७ ससिङमा बिहीबार दिउँसो एक घरमा आगोलागी भएको छ । दिउँसो साढे १ बजेको समयमा स्थानीय ५० वर्षीय फुलबहादुर चेपाङको ढुंगा, माटो, काठले बनेको खरको छानो भएको १ तल्ले कच्ची घरमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी...

१७ करोडको कोकिनसहित २ भारतीय महिला पक्राउ

काठमाडौं । प्रहरीले झण्डै ८ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ । प्रहरीको लाग औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी दुई भारतीय महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ४५ वर्षकी भल्लालामी र २९ वर्षकी इस्टर लालिम्पुरी रहेका छन् । उनीहरु दुबै जनालाई चैत्र १४ गते...

सर्वोच्चद्वारा जनयुद्ध दिवसविरुद्धको रिट निवेदन दर्ता गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने भनी सरकारले गरेको घोषणाविरुद्ध परेको रिट निवेदनलाई दर्ता गर्न आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले रिट निवेदन दर्ता नगर्ने भनी अदालत प्रशासनले गरेको आदेशलाई बदर गर्दै निवेदन दर्ता गर्न आदेश जारी गरेको हो । अधिवक्ता ज्ञानेन्द्र...

मकवानपुर प्रहरीद्वारा प्रहरी जवान निलम्बन

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान बिबेक नेपाली निलम्बनमा परेका छन् । लापरबाही पूर्ण तरिकाले सवारी चलाएको देखिएकोले आवश्यक कारबाहीको लागि बिहीबारबाट लागू हुने गरी उनलाई पदबाट निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार,...

लागूऔषधहित ७ जना प्रहरीको फन्दामा

काठमाडौं । देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, सुनसरी र सिराह गरी तीन छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही...

जसपाका मन्त्री छान्ने जिम्मा उपेन्द्र यादवलाई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने मन्त्रीहरु छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले यादवलाई उक्त जिम्मा दिएको हो । बैठकमा अध्यक्ष यादवले पार्टीले दुई मन्त्री र एक राज्यमन्त्री पाउने गरी गठबन्धनमा छलफल भएको ब्रिफिङ गरेका छन् । सोहीअनुसार...

उप–निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उप–निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । न्याय परिषद्को परामर्शमा आयोगले आज मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको हो । चैत्र १८ गतेदेखि लागू हुने गरी चितवन क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश...

करेन्ट लागेर छोराको मृत्यु, बाबु घाइते

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–४ फलामेचौरमा बिहीबार करेन्ट लागेर एक जना बालको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १२ वर्षीय बालक दिपेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, करेन्ट लागेर उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् । फत्तबहादुर र दिपेश खेतमा काम...

देशभर ४२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । देशभर थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ९ सय १५ जनाको नमुना परीक्षण गर्दा उनीहरुका कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा गरी...

१० अंकले घट्यो नेप्से, ८९ करोड ९५ लाखमाथिको कारोबार

काठमाडौं । उचारचढावकाबीच साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकले घटेको छ । नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ...