सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

तु खबर संवाददाता
२०७९ चैत्र २४, शुक्रबार १०:०४
file-photo

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हाल मन्त्रिपरिषद् बैठक जारी छ । मन्त्रिपरिषदको नियमित बैठक केही बेर अघि सुरु भएको हो ।

सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बैठकमा मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।