आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको आज २ सय रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै, आज तेजाबी सुनको भाउ समेत तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
