विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र २४, शुक्रबार १०:३२
सांकेतिक तस्बिर

बुटवल । रुपन्देही प्रहरीले विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराधमा संलग्न प्रतिवादीहरूलाई उनीहरूको घर बतनमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको टोलीले रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जुवा मुद्दाका रुपन्देहीको देवदह नगरपालिकाकी कान्छी गुरुङ, हरि प्रसाद खनाल, ठगी मुद्दाका दामोदर चौधरी, वन मुद्दाका गंगाराम वि.क., दलबहादुर थापा, टेकबहादुर सुनार, यमबहादुर क्षेत्री, रमेश कुमाल, कान्छो कामी, चोरी मुद्दाका सागर खवास, रामबहादुर लामा तामाङ, सार्वजनिक मुद्दाका निशव श्रेष्ठ र बहुविवाह मुद्दाका धुव्र कुमार श्रेष्ठ रहेका छन् ।

उनीहरु विभिन्न मुद्दाका १७ महिना १६ दिन कैद र १ लाख ७४ हजार १५३ रुपियाँ जरिवाना सजाय ठहर व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ ।