समाचार
९ दलको सहभागीमा मन्त्रीपरिषद् विस्तार हुँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । ९ दलीय सत्ता गठबन्धनमा मन्त्रालयको संख्यामा सहमति जुटेकोले आज मन्त्रीपरिषद् विस्तार गरिने भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय संख्याबारे सैद्धान्तिक सहमति जुटाएको थियो । गठबन्धन बैठकमा नेपाली कांग्रेसले...
मकवानपुरका सवारी दुर्घटना, ५ जना घाइते
मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडे बजारस्थित गएराति सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । फापरबारीबाट हातिसुडेतर्फ आउँदै गरेको प्र.३–०२–०१० प.८८६१ नं.को मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ग १४ प.३८७५ नं.को माटरसाइकलले पछाडीबाट ठक्कर दिँदा पाँच जना घाइते भएको जिल्ला...
मन्त्री छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । विस्तार हुन लागेको मन्त्रिपरिषदमा पठाउने मन्त्रीहरु छान्न बैठक बस्न लागेको हो । सोमबार मात्रै सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति भएको छ । जसअनुसार कांग्रेसले...
बागमती प्रदेश : मन्त्रालय भागबण्डाको टुंगो लगाउन कार्यदल बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशको मन्त्रालय भागबण्डाको टुंगो लगाउन आज कार्यदलको बैठक बस्दैछ । बैठक बिहान ९ बजे काठमाडौंस्थित बानेश्वरमा बस्ने भएको हो । मन्त्रालय भागबण्डाको टुंगो लगाउन प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको काठमाडौंमा बसेको बैठकले कार्यदल गठन गरेको थियो । बागमती प्रदेश संसदीय दलका...
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने...
राम नवमीको अवसरमा आज सार्वजनिक विदा
कर्णाली । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले चैत्र १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी) का अवसरमा कर्णाली प्रदेशका दश वटै जिल्लामा सार्वजनिक विदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष वि.सं. २०७८ चैत्र २९ गते बसेको...
बागमती प्रदेश : मन्त्रीपरिषद् बैठकको चार निर्णय
मकवानपुर । बागमती प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बुधबार बसेको बैठकले विभिन्न चार वटा निर्णय गरेको हो । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने र प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा...
मन्त्रालयको भागबण्डा टुंग्याउन गठबन्धनको बैठक जारी
काठमाडौं । मन्त्रिपरिषदमा दलहरुले प्राप्त गर्ने मन्त्रालय र संख्या टुंगाउनका लागि दश दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सरकारी निवास बालुवाटारमा जारी छ । सत्तारुढ दलका नेताहरुका अनुसार आज नै केही मन्त्रीलाई शपथ गराउने तयारी छ । पूर्ण आकारको मन्त्रिपरिषद् भने मन्त्रालयको भागवण्डा...
निरन्तर उकालो लाग्यो कोरोना संक्रमित, थप ३४ जना पुष्टि
काठमाडौं । पछिल्लो समय देशभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट...
एसईई परीक्षामा बागमतीका १ लाखभन्दा बढी विद्यार्थी सहभागी हुने
काठमाडौं । यही चैत्र १७ गते शुक्रबारबाट सुरु हुने कक्षा १० को एसईई परीक्षामा बागमती प्रदेशका १ लाख साढे १ हजारभन्दा बढी जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालयले बागमती प्रदेशभित्रका १३ वटा जिल्लाहरूको परीक्षार्थी, परीक्षाकेन्द्र र जनशक्ति तय गरेअनुसार, प्रदेशमा १ लाख १ हजार ७३३...










