प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समिति गठन, को–को भए मनोनित ?
काठमाडौं । संसदको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकबाट कार्य व्यवस्था परामर्श समिति गठन गरिएको हो ।
दलहरुले आफ्नो भागमा परेको संख्यामा समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएपछि बैठकमा सभामुख देवराज घिमिरेले समिति गठन भएको जानकारी गराएका हुन् ।
प्रतिनिधि सभाको बैठकको कार्यसूची निर्धारण गर्ने यो समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरु सदस्य छन् ।
यस्तै, समिति सदस्यमा अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ्ग, नागिना यादव, पदम गिरी, प्रदिप यादव, महेशकुमार बर्तौला, श्री मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो.शी. (चौधरी), लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाई, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।
