बिहीबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

तु खबर संवाददाता
२०७९ चैत्र २३, बिहीबार १५:५८

काठमाडौं । बुधबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, आज ८०० रुपैयाँले घटेसँगै सुनको भाउ प्रतितोला १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार हालसम्मकै उच्च मूल्य कायम हुँदै छापावाला सुनको भाउ प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ८०० रुपैयाँले नै घट्दै १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको भाउ भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।