नेकपा क्रान्तिकारी र बहुमत पार्टीबीच एकता गर्ने

तु खबर संवाददाता
२०७९ चैत्र २४,शुक्रबार १५:३४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बिचमा पार्टी एकता गर्ने निर्णय भएको छ ।

शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा नेकपा (मशाल) सँग पनि एकताको लागि वार्ता जारी रहेकोले निकट भविष्यमा यस मशालसँग पनि एकता हुने बताइएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको सङ्गठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरू रहेको जानकारी दिए ।

त्यसैगरी, कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरू एकताबद्ध हन लागेको बताए ।