आन्दोलनको क्रममा मृत्यु भएका लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकमा मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुका साथै सहित घोषणा गर्ने निर्णय गरेको जानकारी दिइन् ।
प्रवक्ता शर्माले नामकरण सम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको बताइन् ।
