नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच पार्टी एकता हुँदै

तु खबर संवाददाता
२०७९ चैत्र २३, बिहीबार ०८:२६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच पार्टी एकता हुने भएको छ । भोलि शुक्रबार घट्टेकुलोस्थित इच्छुक प्रतिष्ठानमा एक कार्यक्रमबीच पार्टी एकताको तयारी भइरहेको जनाइएको छ ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बीच लामो समययता पार्टी एकताका लागि छलफल हुँदै आएको थियो । दुई पार्टीले गठन गरेको वार्ता टोलीले पार्टी एकताको सहमति जुटाएको हो ।

गत साउन २० गते बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति पनि गठन गरिएको थियो । वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति नै जारी गरेर एकता प्रक्रियामा सामेल हुनलागेको जानकारी गराएको हो ।