इन्द्रसरोवर तालमा बेपत्ता भएका पुरुषको शव फेला
२०७९ चैत्र २२, बुधबार १७:२७
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा र्याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएका पुरुषको शव फेला परेका छन् ।
मंगलबारबाट बेपत्ता भएका काठमाडौंको दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षीय राजकुमार सुवेदीको बुधबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, सुवेदीको शव सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गएको गोताखोरले ४५ फिटको गहिराईबाट निकालेको हो ।
उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया (मुचुल्का उठाउने) अगाडि बढाएको जनाइएको छ ।
