माओवादी घटकले चैत्र २७ गते अन्तरक्रिया कार्यक्रम गर्ने
काठमाडौं । माओवादी विचार धारा बोकेका दलहरूले आगामी चैत्र २७ गते अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएका छन् । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा काठमाडौंको प्रज्ञा भवनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले जानकारी दिए ।
उनका अनुसार, द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखेर अन्तरक्रिया गरिने भएको हो । माओवादी घटकमा नेकपा माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी, प्रभु साह नेतृत्वको आमजनता पार्टी एक ठाउँमा उभिएका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, गोपाल किराती नेतृत्वको पार्टी र सन्तबहादुर नेपाली नेतृत्वको पार्टी माओवादी धारको बैठकमा अनुपस्थित हुने गरेका छन् ।
