रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

तु खबर संवाददाता
२०७९ चैत्र २१, मंगलवार १६:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।

लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ । सोमबार दर्ता भएको रिट मंगलबारका लागि पेशी सूचीमा चढाइएको थियो ।

लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज सफल भन्ने युवराज पौडेलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए । यससँगै अब सो मुद्दा अर्को दिनमात्रै सुनुवाइ हुनेछ ।