बलात्कारको आरोपमा दुई युवक पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र २१, मंगलवार १७:०६
सांकेतिक तस्बिर

काठमाडौं । बालिका सामूहिक बलात्कारको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्चीका २१ वर्षका आशिष भन्ने निमा तामाङ र काभ्रे महाभारतका २१ वर्षका कुशल श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, निमाले फेसबुकबाट पीडितलाई साथी बनाएर निरन्तर भेटघाट गर्दै आएका थिए ।

गत फागुन ६ गते टोखा नगरपालिकाकाको एक गेस्ट हाउसमा पीडितलाई बोलाएर निमा र उनका साथी कुशलले सामूहिक बलात्कार गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको जनाइएको छ ।