लुम्बिनीमा कांग्रेससहितका दलले मागे मुख्यमन्त्रीको राजीनामा
दाङ । लुम्बिनीमा नेपाली कांग्रेससहित सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदहरुले मुख्यमन्त्री लिला गिरीको राजीनामा माग गरेका छन् ।
सोमबार लुम्बिनी प्रदेश सभाको बैठकमा सांसदहरुले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै राजीनामा माग गरेका हुन् ।
लुम्बिनीमा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत लगायतका पार्टी मिलेर सरकार बनेको थियो । तर, माओवादी केन्द्र जसपा र जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेसका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र दिइसकेका छन् ।
सोमबार प्रदेश सभा बैठकमा कांग्रेसका सांसद सुधाकर पाण्डेले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्री सरकारमा बस्न नहुने बताए ।
