जबरजस्ती करणीका आरोपित ९ वर्षपछि कारागार चलान

तु खबर संवाददाता
२०७९ चैत्र २०, सोमबार ०८:३०
सांकेतिक तस्बिर

सप्तरी । जबरजस्ती करणीको आरोप लागेर फरार रहेका एक जनालाई प्रहरीले ९ वर्षमा पक्राउ गरी आइतबार कारागार चलान गरेको छ ।

जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद फैसला भएको साबिक सप्तरी मलेठ गाविस–७ हाल राजविराज नगरपालिका–९ बस्ने अकवर मिया ४२ वर्षीय छोरा जावुल मियालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार, सोही ठाउँका कौसिला कुमारी रामले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०७० चैत्र २० गते दिन मियालाई ६ वर्ष कैद हुने गरी फैसला गरेपछि उनी फरार रहेका थिए । फरार उनलाई पक्राउ गरी आइतबार कारागार चलान गरिएको हो ।