नागरिक उन्मुक्तिले तीन वटै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आगमी बैशाख १० गते हुने उप–निर्वाचनमा तीन वटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।
सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।
बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका नेता लक्ष्मण थारुले जानकारी दिए ।
सोमवार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ । आज बैशाख १० गते हुन गईरहेको उप–निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ ।
