वीरगंजबाट पक्राउ परे हेटौंडाका स्याङ्तान
वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १६ रजनजयन्ती चोकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा उप–महानगरपालिका– ४ निवासी गोपाल स्याङ्गतान रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, सिमावर्ती भारतीय शहर रक्सौलबाट नेपालतर्फ आउँदै गरेको चेकजाँच गर्ने क्रममा ‘टी मिडिया प्रा.लि. द्वारा सञ्चालित ‘निगरानी अनलाइन डटकम’ को प्रेस लेखिएको बा ७ च ४६४२ नम्बर गाडीबाट अवैध लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट २४० थान नाईट्रोभेट ट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स र नेपाली ६५ हजार रुपैयाँ नगद रकम बरामद गरेको छ । पक्राउ परेका स्याङ्तानमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
