हेटौंडाका दुई युवक प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानी चोकबाट प्रहरीले बिहीबार राति लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही स्थानका अटो चालक २२ बर्षीय सुशील थोकर र अटोमा सवार २३ वर्षीय सुमन गोले रहेका छन् । उनीहरुलाई लागूऔषध गाँजा २ किलोसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बिहीबार गुम्बाचोकबाट हेटांैडा बजारतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ ह १८९ नम्बरको अटोलाई सुरक्षाजाँच गर्दा अटोको पछाडी लुकाई छिपाई राखेको बोरामा राखेको उक्त परिमाणको गाँजा बरामद भएपनि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका थोकर र गोलेलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा राखिएको जनाइएको छ ।
