खानेपानी मन्त्री अब्दुल खानले दिए पदबाट राजीनामा

तु खबर संवाददाता
२०७९ चैत्र १७, शुक्रबार १५:४०

काठमाडौं । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा बुझाएका छन् । मन्त्री खानले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।

मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्षा गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले पदबाट राजीनामा दिएका जनमत पार्टीले जनाएको छ ।

जनमत पार्टी मन्त्रालय बाँडफाँटमा उद्योग मन्त्रालय पाउनेमा ढुक्क थियो । तर, खानेपानी मन्त्रालय नै कायम रहने भएपछि मन्त्री खानले राजीनामा दिएका हुन् ।