रमेश खरेलले बारा–२ बाट उप–निर्वाचन लड्ने
२०७९ चैत्र १७, शुक्रबार १०:४१
काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजीपी रमेश खरेल बारा २ को उप–निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । खरेलले बैशाख १० मा हुने उप–निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका हुन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बारा २ मा रास्वपाबाट निर्वाचन लड्ने घोषणा गरेका हुन् । खरेलले राष्ट्र सेवामा ईमान्दारी र निष्ठाका साथ अगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
उनी यसअघि खरेल मंसिरमा भएको निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए ।
