देशभर ४२ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७९ चैत्र १६, बिहीबार १६:३६
filr-photo

काठमाडौं । देशभर थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ९ सय १५ जनाको नमुना परीक्षण गर्दा उनीहरुका कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १७ जना संक्रमणमुक्त भएका छन् । पीसीआर विधिअनुसार देशभर १२३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।